समाजबैतडीमा शिक्षक मृत फेला 

बैतडीमा शिक्षक मृत फेला 

बैतडी– बैतडीको पाटन नगरपालिका-६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन् । 

श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका ५५ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

बैतडीको सुर्नया गाउँपालिका-२, घरभई लामो समयदेखि पाटनमा शिक्षण गर्दै आएका बिष्ट श्रीकृष्ण माविको छात्रवास पछाडिको भिरालो ठाउँमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनका वरिष्ठ प्रहरी नायब निरीक्षक गौरव सिंहले जानकारी दिए । विष्टको मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img