काठमाडौं । केही सातादेखि इन्टरनेटमा च्याट जीपीटी निकै चर्चित बन्दैछ । हामीले खोजेका कुनै पनि प्रश्नको उत्तर सजिलै दिने भएकाले यसको चर्चाले थप उचाइ पाएको छ । जटिल विज्ञान प्रश्न देखी सामान्य व्यक्तिगत प्रश्नहरूको जवाफ च्याट च्याट जीपीटीबाट सजिलै पाउन सकिन्छ ।
धेरै मानिसहरूलाई च्याट जीपीटी कसरी प्रयोग गर्ने थाहा नहुन सक्छ, जुन हालै चर्चामा आएको छ। आज हामी एआई उपकरणमा आधारित च्याट जीपीटी कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी दिइरहेका छौं। च्याट जीपीटी प्रयोग गर्न, तपाईंले पहिले एउटा खाता सिर्जना गर्न आवश्यक छ।
धेरैले एप डाउनलोड गरेर प्रयोग गर्ने प्रयास गरे पनि कम्पनीले अहिलेसम्म एप सार्वजनिक गरेको छैन । तसर्थ, च्याट जीपीटी वेबसाइटबाट मात्र प्रयोग गर्न सकिन्छ। च्याट जीपीटीमा खाता सिर्जना गर्न र प्रश्न सोध्न तलको प्रक्रिया पालना गर्नुहोस्।
- सबैभन्दा पहिले यहाँ क्लिक गरेर च्याट जीपीटीको साइटमा जानुहोस् ।
- त्यसपछि साइनअपको अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यसपछि गुगल अकाउन्ट वा माइक्रोसफ्ट अकाउन्टमध्ये एक छान्नुहोस् । हामी यहाँ गुगल अकाउन्टबाट साइनअप गर्न लागिरहेका छौं ।
- अनि आफूले लगइन गर्न चाहेको अकाउन्ट छान्नुहोस् । आफ्नो नाम र थर राखेर ‘कन्टिन्यु’ अप्सनमा क्लिक गर्नुहोस् ।
- यति गरेपछि आफ्नो फोन नम्बर राखेर सेन्ड कोडमा क्लिक गर्नुपर्ने हुन्छ ।
- फोनको एसएमएसमा आएको कोडलाई त्यहाँ रहेको इन्टर कोडको बक्समा टाइप गर्नुहोस् ।
- यति गर्नुभयो भने तपाईँको अकाउन्ट तयार हुन्छ ।
- अकाउन्ट तयार भएपछि नेक्स्ट, नेक्स्टको अप्सनमा क्लिक गरेर अन्त्यमा डनमा क्लिक गर्नुहोस् ।
यति गर्नुभयो भने अन्तिममा च्याट बक्स जस्तो अप्सन देखिन्छ । त्यसमा आफ्ना प्रश्न राखेर सेन्डको अप्सनमा क्लिक गरेर प्रश्न सोध्न सक्नुहुन्छ ।



