देशकोशी प्रदेशप्रदेश १ मन्त्रीपरिषदले पुस १७ गते प्रदेशसभाको प्रथम अधिवेशन आह्वान

प्रदेश १ मन्त्रीपरिषदले पुस १७ गते प्रदेशसभाको प्रथम अधिवेशन आह्वान

सुनसरी / प्रदेश नम्बर १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यहीँ पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही २०७९ साल पुस १७ गते आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा, १६६ को उपधारा (२) बमोजिम प्रदेशप्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारकमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशप्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img