सुनसरी / धरानमा निर्माणाधीन प्रदेश वन निर्देशनालयको भवन अवैध रहेको भन्दै भत्काउनका लागि धरान उपमहानगरले सूचना टाँसेको छ ।
धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज राई (हर्क सम्पाङ) ले निर्माण रोक्ने आग्रहसतिको सूचना टाँसेको हो । आईतबार एक सार्बजनिक सुचना जारी गर्दै मेयर सम्पाङले निर्माण रोक्ने आग्रहसतिको सूचना टाँसेको छ ।
‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु पर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नु पर्ने नियम रहेको हुँदा सो नियम अन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रकृयामा आउनु होला,’ सूचनामा लेखिएको छ, ‘अन्यथा अवैध संरचना हटाउनु पर्ने नियमानुसार कारबाही अघि बढाइने व्यहोरा जानकारी गराइन्छ ।’ सुचना भनिएको छ ।
प्रदेश बन निर्देशनालयका ४ वटा भवनको निर्माण अन्तिम चरणमा पुगेको भवन निर्माण सकेर सर्ने तयारीमा रहे पनि भवन निर्माणको नक्सा पास गरिएको छैन । अहिले निर्देशनालय धरान १३ मा भाडाको घरमा छ ।
धरान उपमहानगर – २० को विष्णुपादुकामा उपमहानगरपालिकाले साबन उद्योग खोल्न लागेको थियो । तर सबडिभिजन बन कार्यालयले बन भित्र उद्योग खोल्न पाउने भन्दै काम रोकिदिएको थियो । त्यसपछि मेयर हर्कराज साम्पाङ राई आक्रोशित भएका थिए । त्यसकै बदलामा मेयर राईले कार्यालयको भवन भत्काउने चेतावनीसहितको सूचना टाँसेको कतिपयको बुझाई छ ।



