काठमाडौं । केही दिनयता देशभरको तापक्रम क्रमशः घट्दै गएको र मौसम चिसो बन्दै गएको छ ।
विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । मंगलबारको तुलनामा आज चिसो बढेको बताइएको छ । मंगलबार काठमाडौंको तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेपनि आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्रीमा झरेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री, ताप्लेजुङको ३ दशमलव ५ डिग्री, लुम्ले ४ डिग्री, डडेल्धुराको ४ दशमलव ४ डिग्री, जिरीको माइनस १ दशमलव ८ डिग्री, जोमसोमको माइनस ६ डिग्री सेल्सियस र माइनस ५ डिग्री सेल्सियस रहेको छ । डिग्री सेल्सियस। देशभर न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरका अनुसार अहिले तराईका पहाडी जिल्लामा कुहिरो लागेको छ । पहाडी क्षेत्रमा कुहिरो हटेर घाम लाग्ने सम्भावना रहे पनि तराईका जिल्लामा दिउँसोसम्म बाक्लो हुस्सुको सम्भावना रहेको छ । जाडो यामको मध्यमा पुगे पनि जाडो बढेको मौसमविद्ले बताएका छन् । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडो मानिन्छ। डिसेम्बर सकियो र जनवरी सुरु हुन लागेको हो ।
आज प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रधानाङले जानकारी दिए ।



