देशगण्डकी प्रदेशचिसो मौसममा नेपथ्यका गीत संगीतले तात्यो पोखरा

चिसो मौसममा नेपथ्यका गीत संगीतले तात्यो पोखरा

पोखरा : नेपथ्य सांगीतिक समुहले चिसो मौसममा आफ्ना गीत गाएर गृहनगर पोखरामा वातावरण न्यानो बनाएको छ ।

बिहानैदेखि खुला मौसम । पोखराको माछापुच्छ्रेको छातीमा रहेको अन्नपूर्ण चिसो मौसममा मंगलबार पोखरा प्रदर्शनी केन्द्रमा नेपथ्यको गीत–संगीतले हजारौं पोखरावासीलाई मोहित बनाएको छ ।

गायक अमृत गुरुङले आप्नो गृह नगर पोखरामा पहिलो गीत आँगनै भरि हिउँ नै झरे, आरु फूल है टिपि राख्नु गाएर सांगीतिक माहोल तताएका थिए। नेपथ्यका मुख्य गायक अमृत गुरुङले झण्डै ३३ वर्ष अघि कास्कीको याङ्जाकोटमा यो गीत रचेका थिए। यो गीत व्याण्डै पहिलो सिर्जना हो। दोस्रो प्रस्तुतीको रुपमा गायक गुरुङले भेडाको उनजस्तो पस्कीएका थिए। तेस्रो गीतको रुपमा नेपथ्यले छेक्यो छेक्यो देउराली डाँडा गाएका थिए। गीत गाइरहँदा हजारौ पोखरेलीले गायक अमृतलाई साथ दिएका थिए । 

हिमाल चुचुरे गीत गाएपछि पोखरेल झनै उत्साहित बने । गीत प्रस्तुत भइरहेका बेला नेपथ्य टोलीको स्थापनाकालका तस्बिरहरू, मञ्चको पृष्ठभूमिमा ३२ वर्षको यात्राका तस्बिरहरू देखाइएको थियो । गायक गुरुङले कार्यक्रम आयोजना गरेकोमा पोखरेलका दर्शक तथा मानव सेवा आश्रमलाई धन्यवाद दिए । गायक गुरुङले पनि गीत गाएर आफ्नो जोश नछोड्न आग्रह गरेका छन् ।

गीत प्रस्तुत गर्दै जाने क्रममा गायक अृमतले खान्न म त लामपाते सुरती, लाउँ कि नलाउँ जुग जाने पिरती गीत पोखरेली दर्शक सामु गाएका थिए । यसै वरी नेपथ्यका पुराना गीतहरु चरिमर्‍यो र जोमसोमे बजारमा लगायतका गीत प्रस्तुत गरेका थिए। पोखरा २५ हेमजामा बन्दै गरेको मानव सेवा आश्रम सहयोगार्थ कन्सट भएको हो । गायक गुरुङले मानव सेवाकालागि बन्दै गरेको मानव मन्दिर निर्माणकालागि सक्नेले धन र नसक्नेले श्रम दिन अनुरोध गरेका थिए । संसारमा सबैभन्दा ठूलो धर्म सेवा भएको पनि गायक गुरुङले बताए । 

पोखरा २५ हेम्जामा र ८४ रोपनी जग्गामा मानव सेवा आश्रम निर्माण भइरहेको छ । मानव सेवा आश्रमले घर नभएका, सडकमा बस्न बाध्य भएकाहरूका लागि आश्रम निर्माण गर्न लागेको जनाएको छ । पोखरामा मानव सेवा आश्रमलाई सबैले एकपटक आएर अध्ययन गर्न सक्ने ठाउँका रूपमा विकास गर्न १ अर्बको गुरुयोजना रहेको बताइएको छ । आश्रममा अहिले १०५ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img