समाजमकवानपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु, तिनजनाको अवस्था गम्भिर

मकवानपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु, तिनजनाको अवस्था गम्भिर

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ स्थित धरान–चतरा सडकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिएको छ ।

शुक्रबार बिहान भएको दुर्घटनामा ४ जना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

शुक्रबार बिहान हेटौंडाबाट फापरबारी जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिँदा भम्जनसहित ४ जना घाइते भएका थिए । यसैगरी तीन जना घाइतेहरु उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img