सुनसरी / इटहरीको मुख्य चोकको तीन मिटर वरपर सवारीसाधन पार्किङ निषेध गरिएको तर पनि सवारी पार्किङ व्यवस्थापन गर्न तदारुकता देखाएको इटहरी उपमहानगरपालिका भित्रका बजार भने सवारीसाधन पार्किङले अस्तव्यस्त देखिएका छन् ।
इटहरीको मुख्य बजार हटिया लाइन, सङ्गीत चोक, आइतबारे, पश्चिम लाइन मेघा बैंक अगाडि , पुर्व लाइन, गोर्खा डिपार्टमेन्ट अगाडि लगायत क्षेत्रमा पार्किङ जथाभावी गरिएको छ ।

सवारीसाधन लागि तीन वरपरका स्थानमा सार्वजनिक पार्किङको व्यवस्थापन भने भएको छैन । मानिस हिन्ने बाटोमा सवारीसाधन पार्किङ गरिएको छ । सवारीसाधन हिन्ने सडकका बाटाबाट हिन्नु परेको इटहरीका एक स्थानीयले बताए ।
यस क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न करिब १ सय ट्राफिक प्रहरीहरू खटिएका छन् । पार्किङ निषेधित क्षेत्रमा पनि सवारीधनिहरूले अटेर गरेको ट्राफिक प्रहरीले बताए ।

मुख्य राजमार्गमा पार्किङ निषेध भएपछि सवारी धनीले भित्री बजारमा पार्किङ गर्न थालेका छन् । गत भदौ १४ गते मंगलबार देखि इटहरीको मुख्य चोक ३०० मिटर वरपर पार्किङ निषेध लागू हुने गरी सडकमा निर्माण सामाग्री र पसलका सामान राख्न नपाउने निर्णय गरेको थियोे ।



