देशबागमती प्रदेशहेटौँडाकाे एक डान्सबारमा झडप हुँदा ३ जना घाइते

हेटौँडाकाे एक डान्सबारमा झडप हुँदा ३ जना घाइते

मकवानपुर – हेटौंडा उपमहानगरपालिकामा फेरि छुरा प्रहार भएको छ । हेटौंडाको मानसचोक नजिक छुरा प्रहार भएको तीन सातापछि फेरि अर्को खुकुरी प्रहार भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको हेटौँडा डान्सबारमा केही युवाले छुरा प्रहार गर्दा होटल सञ्चालकसहित तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले मदिरा सेवन गरी छुरा प्रहार गर्ने चार जनालाई पक्राउ गरेको जानकारी दिए । छुरा प्रहारमा संलग्न बसपार्कका ३७ वर्षीय विक्रम श्रेष्ठ, ४१ वर्षीय विष्णुलाल योञ्जन, ३१ वर्षीया निमा योञ्जन र हेटौंडा १ का ४० वर्षीय सुरेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

मदिरा पिएपछि बिल तिर्ने क्रममा झडप हुँदा मालिक र कर्मचारी घाइते भएका हुन् । उनीहरुको साथबाट प्रहरीले एउटा चक्कु समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img