सुनसरी / बराहक्षेत्रमा दुईवटा साइकल एकापसमा जुध्दा पछाडिबाट आएको ट्याक्टरले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
हिजो राति ७ बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका- ११ मधुवनस्थित भित्री सडकखण्डमा बराहक्षेत्र १० जुँगे बस्ने २१ वर्षीया सोलजा ठाकुरको मृत्यु इलाका प्रहरी कार्यलय बराहक्षेत्रले जनाएको छ
मृतक ठाकुर र भारत बिहार राज्य बनेलेपटी ग्रामपञ्चायत ९ बोराहा बस्ने २३ वर्षीय अजिम साफीले चलाएको साइकल एकापसमा ठक्कर भएको थियोे । दुर्घटनामा लडेको अवस्थामा विपरीत दिशाबाट आँउदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको पछाडिको चक्काले साइकलयात्री ठाकुरलाई ठक्कर दिएको थियो ।
साइकल, ट्याक्टर र ट्याक्टर चालक बराहक्षेत्र ११ मधुवन बस्ने ४५ वर्षीय भुनेश्वर मेहता र अर्का साइकलयात्री अजिम साफीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



