राजनीतिजनमत पार्टीले माग्यो जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण

जनमत पार्टीले माग्यो जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण

काठमाडौं, सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण माग गरेको छ।

जनमत पार्टीबाट उम्मेदवार भई गत वैशाखको स्थानीय चुनावमा पालिका र वडास्तरमा जितेका प्रतिनिधिहरूले कार्यप्रगति बुझाउनुपर्ने भएको हो।

अध्यक्ष राउतको सचिवालयले दिएको जानकारीअनुसार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ६ महिनाको कार्यप्रगति विवरण अबको एक साताभित्र केन्द्रीय सचिवालयमा पेश गरिसक्नुपर्ने हुन्छ।

पार्टीको अवधारणा लागू गर्न के-कस्ता कार्यक्रम सञ्चालन गरिए, जनसरोकारका विषय सम्बोधन गर्न के-कस्ता पहल भए, जनमत पार्टीका स्थानीय समिति र कार्यकर्तासँग कस्तो समन्वय रह्योलगायत विषय खुलाएर कार्यप्रगति पेश गर्न जनमत पार्टीले निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img