सुनसरी / मोरङको बेलबारीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी- ३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकले ति बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा सोमबार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



