देशकोशी प्रदेशविराटनगर महानगरपालिकाले १८ वटा सिटी बस सञ्चालन गर्ने तयारी

विराटनगर महानगरपालिकाले १८ वटा सिटी बस सञ्चालन गर्ने तयारी

सुनसरी / विराटनगर महानगरपालिकाले १८ वटा सिटी बस बजार क्षेत्रमा सञ्चालन गर्ने तयारी गरेको हो ।

निजी क्षेत्रसँगको साझेदारीमा १८ वटा सिटि बस नगरबस सञ्चालन गर्ने तयारी भएको विराटनागर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । विराटनगरले बस सञ्चालन गर्ने योजना बनाएको थियो तर सफल हुन भएन् ।

यो वर्ष महानगरको रुटमा कुद्ने गरी एयर कन्डिसनसहितको बस सञ्चालन गर्ने भएको छ । । सो सेवाबाट ‘वृद्धहरुलाई निशुल्क हुन्छ, ‘ नगर बसमा महिला र विद्यार्थीहरुलाई पनि सहुलियत हुने मेयरले बताए ।

बस सेवा सञ्चालनका लागि महानगरपालिकाले प्रदेश लगानी बोर्डसँग पनि समन्वय गरेको छ । बस सञ्चालनका लागि महानगरपालिकासँग श्रीपदी ट्रेडिङले साझेदारी गर्ने तयारी भएको कोइरालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img