इटहरी / इटहरीमा जंगली हात्ती वस्ती तिर पस्न थालेपछि आतंक मच्चाएको छ ।
हिजोआज दैनिक रुपमा जंगली हात्तीको बथान चारकोसे झाडीबाट इटहरी २ को पानिपिया, झोडा ,सिरान टोल हुदैँ मानव वस्तीमै आउने गरेको इटहरी वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइरालाले बताउनु भएको छ ।
“अहिले सम्म १४ वटा हात्तीहरु उक्त क्षेत्रमा देखा परेको , हात्ती आएर रात भरी स्थानीयहरु सुत्न सकेका छैनन् ।” जङ्गल तिर हात्ती आए पछी गाउँतिर पस्छ भनेर स्थानियहरु रातभरी जाग्राम बसेर स्थानीयहरूले हात्ती जङ्गल तिरै खेदाउने गरेका छन् ।
जङ्गली हात्तिकाे आक्रमणबाट वचन तथा धन जनकाे क्षती हुने भएकाले इटहरीबासिलाई सजग रहन समेत वडा अध्यक्ष काेईरालाले बताउनु भएको छ ।



