देशगण्डकी प्रदेशमुख्यमन्त्री गुरुङले टुक्राएको मन्त्रालय, मुख्यमन्त्री अधिकारीले जोडे!

मुख्यमन्त्री गुरुङले टुक्राएको मन्त्रालय, मुख्यमन्त्री अधिकारीले जोडे!

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद विस्ताको तयारी गरेका छन् ।

गण्डकी तत्कालिन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय टुक्राएर १२ वटा पुर्‍याएकोमा मुख्यमन्त्री अधिकारीले फेरि ७ वटै कायम गरि मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री अधिकारीले आइतबार साँझ सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेपछि मन्त्रालयको संख्या ७ वटैमा झार्ने निर्णय गरेका थिए । सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो ।

नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या ११ वटासम्म पुर्‍याएका थिए । नेकपा फुटेपछि गठबन्धनको तर्फबाट मूख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेलले मन्त्रालय बढाएर १२ वटा पुर्‍याएका थिए ।

अब मूख्यमन्त्री अधिकारीले ५ वटा मन्त्रालय कटौती गर्ने भएका हुन् । मन्त्रालयलको संख्या टुंगो लागेसँगै मन्त्रिपरिषद् पनि सोमबार नै विस्तार हुने भएको छ । एमालेले मूख्यमन्त्रीसहित ४ वटा र बाँकी ४ वटा मन्त्रालय माओवादी केन्द्र र राप्रपालाई भाग लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img