समाजबाजुरा भूकम्प कारण एक जनाको मृत्यु, ४० घर भत्किए

बाजुरा भूकम्प कारण एक जनाको मृत्यु, ४० घर भत्किए

काठमाडौं । बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ ।

दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका- २ का जमुना रोकायाको ज्यान गएको हो । गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् ।

त्यस्तै भूकम्पले ४० घरमा क्षति पुर्‍याएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार ४० घरमा पूर्ण र आंशिक रुपमा क्षति पुगेको हो ।

यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ प्रहरी गइरहेको र थप विवरण वडा कार्यालय, प्रहरी वृत्त लगायतका निकायहरुबाट संकलन भइरहेको प्रशासनले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img