Tuesday, June 17, 2025
साहित्य'मसान'

‘मसान’

spot_img
  •    अर्जुन दाहाल

धामीको फुकाइले भएन
झाँक्रीको ढ्याङ्ग्रोले भ्याएन
वैद्यको ओखतीले चलेन
तान्त्रिकको तन्त्रले छोएन
अभावले अन्धविश्वासलाई जन्मायो
की अन्धविश्वासले अभावलाई
ईश्वरनै जानुन
उसलाई पैसाले टेरेन
बिना पैसा उसलाई डाक्टरले हेरेन।

उसले यही समाजमा देखेको थियो
चन्दा उठाएर मन्दिर बनाएको
पुराण लगाएर समाधि पुजेको
वास्तवमा धर्म भनेकै समाधि पुज्नु हो
किनकि यज्ञ पनि सतीदेवीको समाधि स्थल बनेको थियो
जहाँ सतिको शरीर र दक्षको शिर होमिएको थियो।
ए रमिते भीडहरु
कुन समाधि पुज्छौ
आज एक बालकको कुपोषणले ग्रसित शरीरमा
अब अस्थिपन्जर बाहेक केही छैन
त्यसैले आऊ सबैजना पुजौं
उपचारको अभावमा छटपटिरहेको शरीरलाई
उ पूजनीय बनेको छ
किनकी उ मसान हो
ज्यूँदो मसान
खेलिएको मसान
खेलाईएको मसान
त्यसैले उ पूजनीय बनेको छ ।

-Ads-

ARJUN DAHAL

*अर्जुन दाहाल मनमौजी लेखक हुन, मनमा आएको कुरा लेख्छन।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img