साहित्यके अझै पनि म तपाईंको नजिक हुन सक्छु ?

के अझै पनि म तपाईंको नजिक हुन सक्छु ?

  • मनिश तिमिल्सिना

मैले तपस्या गर्न कहिले सकिन
सकिन कहिल्यै आरति गाउन
मूर्ति छैन तपाईंको मसँग
सकिन गिताको पाठ गर्न
छट्पटी छन् थुप्रै मभित्र
सकिन एकान्तमा ध्पयान गर्न

म सक्दिन आँखा चिम्लेर बस्न
जब देख्छु अत्याचारको पहिरो चलेको
म सकिदिन कान थुनेर हिन्न
जब सुन्दछु झिल्को आगोले पराल जलाएको
सक्दिन म हात बानेर पस्न
जब भेट्छु हेपईको कोरा कसैमा बाजाको

अनायास मेरो खुट्टा काम्दछ
माग्दछ हतियार हातहरुले
रात हुन्छन् आखा मेरा
मुखबाट बोलीको जवाफ निस्किन्छ

म सक्दिन तपाई झैँ मौन बस्न
सक्दिन एकै मुद्दामा तमसा हेर्न, प्रभु ।
के अझै पनि म तपाईंको नजिक हुन सक्छु ?

*मनिश तिमिल्सिना मकवानपुर बहुमुखी क्याम्पसका कक्षा ११ मा अध्यानरत बिधार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img