कृषीउद्योग वाणिज्य संघ इटहरीको २४औं वार्षिक साधारण सभा सम्पन्न

उद्योग वाणिज्य संघ इटहरीको २४औं वार्षिक साधारण सभा सम्पन्न

सुनसरी / उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज बुधबार इटहरीको उद्योग वाणिज्य संघको हलमा उद्योग वाणिज्य संघ इटहरीको २३ औं २४ औं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल , नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आथित्यतामा भएको कार्यक्रम भएको हो ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले मुलुकको समृद्धिको मेरुदण्ड निजी क्षेत्रलाई पर्याप्त ऋण, सस्तो ब्याजदर प्रवाह बिना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघ इटहरीले कोरोना महामारीका बेला गरेको कामको चर्चा पनि गरेका थिए ।

साधारणसभाको उद्घाटनका क्रममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सडकमै उत्रेर ब्याजदर फिर्ताको माग गरेर सरकारलाई दबाब दिएकै कारण पछिल्लो समय आर्थिक सुधारका संकेत देखिएको बताएका छन् ।

प्रदेश नम्बर १ प्रदेश सभासद सांसद एवम् नेकपा एमाले प्रदेश नम्बर १ का सचेतक रेवतीरमण भण्डारीले हिजो काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यको विषयको कुरा उठान गरेका थिए ।

सो कार्यक्रममा होटल एसोसिएसन इटहरीका व्यवसायी, रोटरी क्लबअफ इटहरी तथा विभिन्न संघसंस्थाहरूलाई र इटहरीका व्यवसायीहरूलाई सम्मान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img