समाजयातायात कार्यालयका हाकिमलाई दलियो कालोमोसो

यातायात कार्यालयका हाकिमलाई दलियो कालोमोसो

धनकुटा । आज जिल्ला यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुईँटेललाई कालोमोसो दलिएको छ । लुईँटेलले घुस लिने गरेको आरोप लागाउदै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

लुईँटेलले आफू मातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा घुस लिएको पार्टीका संयोजक मोहन घलेले बुधबार जारी गरेको विज्ञप्ति भनिएको छ ।

‘लुईँटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सरकारी नीति अनुसार प्रकृया पुर्याएर उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स दिन सेवाग्राहीबाट प्रतिगोटा १२ हजार देखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले उनलाई चेतावनीसहित सांकेतिक कारबाही गरिएको जानकारी गराउँछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

लुईँटेलले घुस लिने गरेको विषय जिल्ला संगठन समिति अन्तरगत न्यायिक समितिमा जाहेरी आएको र छानबिन र अनुसन्धान गर्दा प्रमाणित भएको भन्दै उनीहरुले कालोमोसो दलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img