समाजबालेन साहले मागे गृहमन्त्री रवि लामिछानेसँग सहयोग

बालेन साहले मागे गृहमन्त्री रवि लामिछानेसँग सहयोग

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गृहमन्त्री रवि लामिछानेसाँग सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका छन् ।

आज (बिहीबार) गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली गृहमन्त्री लामिछानेलाई सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका हुन् ।

मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । उनले सुकुम्बासी हटाउनु पर्ने कारणबारे पनि गृहमन्त्रीलाई सुनाएका थिए ।

बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका थिए ।

छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका थिए ।

तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img