हेटौंडा: सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१४, पिपलडाँडा ‘कालिखोलामा २ महिनाकी शिशुको आमाले नै थिचिदिएर मृत्यु भएको छ ।
२४ वर्षीया करिना सुनुवारले आफ्नी २ महिनाकी छोरीलाई मंगलबार दिनको ४ बजेर ४५ मिनेटको समयमा दुध खुवाउने क्रममा निदाउँदा शिशुको थिचियर मृत्यु भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हिटौंडाले जानकारी दिएअनुसार २ महिनाकी छोरी यज्ञ कुमारी सुनुवारलाई दुध खुवाउँदै सुताउने क्रममा यज्ञ कुमारी नै अचानक निदाई बच्चीलाई थिचेकी थिइन् ।
घटनाको विषयमा वडाअध्यक्षले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगी आवश्यक मुचुल्काको कार्य गरी शिशुको शव परिवारलाई नै जिम्मा लगाएर फर्किएको छ।



