देशकोशी प्रदेशइनरूवामा हेडिकप्टर आकस्मिक अवतरण

इनरूवामा हेडिकप्टर आकस्मिक अवतरण

सुनसरी : इनरुवाको सखुवागाछि धानखेतमा हिजो राति फिस्टेल एयररको हेलिकप्टर आकस्मिक अवतरण भयो ।

काठमाडौंबाट विराटनगरका लागि उडेको विमान हेलिकप्टर साँझ इनरुवाको सखुवागाछि खण्डको धानखेतमा अवतरण भएको हो । सुनसरी प्रहरीका अनुसार खेतमा ल्याण्ड 9N-ll हेलिकप्टर सुरक्षित साथ अवतरण भयो ।

हेलिकप्टर चार जना सवार यात्रु सकुशल उत्रिएका छन् । सुनसरी प्रहरीका अनुसार काठमाण्डौंबाट उडेको हेलिकप्टर निर्धारित समय भित्र बिराटनगरको एयरपोर्ट पुग्न नसक्दा इनरुवामा ल्याण्ड भएको हो ।

निर्धारित समय भन्दा ढिला भएकाले एयर ट्राफिक कन्ट्रोलको “जहाँ छ त्यहीँ अवतरण गर्नु ” भन्ने निर्देशन बमोजिम पाइलटले सखुवागाछीमा हेलिकप्टर अवतरण गराएको प्रहरीको भनाई रहेको छ । हेलिकप्टरलाई केही समस्या नभईकन इनरूवामा सुरक्षीत साथ अवतरण भयो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img