खेल समाचारसबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका लामिछानेलाई ओलीले दिए बधाई

सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका लामिछानेलाई ओलीले दिए बधाई

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिमान बनाएका क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।

शुक्रबार सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका थिए ।

ओलीले ओमानविरुद्ध जित निकालेको नेपाली टोलीलाई पनि बधाई दिएका छन् ।

“पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमानविरुद्धको खेल जितेकोमा । दोस्रो बधाई सन्दीप लामिछानेलाई, ओडीआई क्रिकेटमै १००औँ विकेट लिएर विश्व कीर्तिमान राखेकोमा । अनि तेस्रो कुशल मल्लको कीर्तिमानी शतकका लागि,” ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img