साहित्य'तिमीलाई नै पर्खि बसेको छु'

‘तिमीलाई नै पर्खि बसेको छु’

  • माधब भुसाल (साने)

कतै हिउँ पग्लेको छ कतै खडेरि परेको छ
बाहिर मस्त देखिने यो मनमा छुरा गढेको छ
प्रेम बाचिराखेको छ याद साचिराखेको छु
पुगिदैन गन्तव्यमा थाहा छ तैपनि यात्रामा दिन काटिरहेको छु ।।

आजकाल आउदैनेउ तिमि त्यो प्रेमको चौतारोमा
तर पनि भाबनाहरु आफैमा साटिरहेछु
अझै पनि कोहि फर्किने आशमा जिबन काटिरहेछु ।

बिना समुन्द्र यो मनमा बहाब आएको छ
बिना खडेरि यो मन उजाड भाको छ
बिना आगोको यो मन जलिराको छ

मनको सिमाना मिचिएको छ
मनको बाध फुटेको छ।
कसैको हात छुटेदेखि
जिन्दगी देखि बिस्मात उठेको छ ।

आज म आफैंबाट हराएको छु
कतै आफनै मुटुको वास अन्तै साराएको छु
कतै एकान्तलाई आफ्नो साथि बनाएको छु
छैन कसैसंग प्रेम उहि पुरानि तस्बिरलाई मन पराएको छु
तेतै कतै तिम्रै मुटुतिर डेरा सराएको छु
तिमि आउने चौपारि फर्कि बसेको छु
तिमीलाई नै पर्खि बसेको छु

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img