समाज१९ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

१९ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।

विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । पहिरो भएको ठाउँमा खटिएका पण्डितका अनुसार ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो झरिरहेको बताए ।

सडक पहिराले अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको प्रहरी प्रवक्ता पण्डितले बताए । मुग्लिन नै जाम हुने अवस्था आएको उनको भनाइ छ ।

पोखरातर्फको क्षेत्रमा जाने सवारी साधनलाई निर्वाध चल्न दिन अधिकतम प्रयास गरिएको प्रहरीको भनाइ छ । मुग्लिन–नारायणगढ भएर चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img