Saturday, July 19, 2025
देशकोशी प्रदेशओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको निधन

ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको निधन

spot_img

सुनसरी : ओखलढुंगाको लिखुमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ ।

हिजो बिहीबार लिखु गाउँपालिकाका -२ दाहालटारमा खेतबाट मकै लोड गरेर गाउँतर्फ जाँदै गरेको ना ६ त ८७४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँमा बस्ने वर्ष १८ की अप्सरा खड्काको मृत्यु भएको छ ।

- Advertisement -

दुर्घटनामा ट्याक्टर १ सय ५० मिटर तल खस्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटना भएको उक्त ट्याक्टरमा ७ जना सवार थिए । अन्य यात्रु हामफालेर बाँच्न सफल भए भने चालक सामान्य घाइते भएका छन् । घाइते भएकाहरूलाई उपचारका लागि मन्थली अस्पताल रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img