समाजमकवानपुरमा अजिंगर फेला, स्थानीयले बोकेरै पुर्याए कोर एरिया

मकवानपुरमा अजिंगर फेला, स्थानीयले बोकेरै पुर्याए कोर एरिया

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-३ लामिटारमा झन्डै ३३ केजीको अजिंगर फेला परेको छ ।

शनिबार लामिटार सामुदायिक वनमा ३२.५ केजीको अजिंगर फेला परेको र अजिंगरले जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको मनहरी गाउँपालिका-३ का वाड अध्यक्ष आनन्त प्रकाश आर्यालले जानकारी दिए ।

अजिंगरलाई प्रतापपुरको कोर एरियामा लगेर छोडिएको जनाईएको छ । सामाजिक संजालमा सार्बजनिक भएको भिडियोमा स्थानीयवासीले नै अजिङ्गर बोकेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img