देशकोशी प्रदेशकोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

सुनसरी / कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापा नियुक्त भएका छन् ।

आज बिहीबार नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी जनता समाज पार्टी समेतको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता थापा मुख्यमन्त्री भएका छन् ।

थापालाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्यको समर्थन छ ।

प्रदेशसभामा नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन् । माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img