देशकोशी प्रदेशधनकुटामा दुर्लभ बन्दै बेठी

धनकुटामा दुर्लभ बन्दै बेठी

सुनसरी / धनकुटा गाउँहरुमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरी सहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो तर पछिल्लो समय बेठी परम्परा दुर्लभ भएको छ ।

धनकुटा लगायत आसपासका जिल्लामा जेठबाट रोपाइँ सुरु भएको साउनसम्म हुने गरेको छ ।रोपाइँमा पहिलेपहिले जस्तो नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा अहिले देख्न पाइदैन ।

हिजोआज शहरमा बस्ने नयाँ पुस्तालाई मात्र होइन, गाउँमा हुने कृषकका छोराछोरीका लागि समेत ‘बेठी’ भनेको थाहा हुदैन । गाउँबस्तीका खेतहरुमा नौमती घन्काएर असारे भाका गाउँदै रोपाइँ गर्ने चलन लोप भएपछि नयाँ पुस्ता बेठीका बारेका जानकार नै छैनन् ।

करिब २०४० साल सम्म धनकुटाका गाउँहरुमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको स्थानीयले बताउछन् ।

मानव जीवन र हिलो माटोबीचको सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img