समाजबेहोस फेला परेका २६ वर्षीय युवकको निधन

बेहोस फेला परेका २६ वर्षीय युवकको निधन

spot_img

धनगढी: धनगढीमा बेहोस फेला परेका एक युवकको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय आलोक थापाको  धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको हो।

करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका उनी घरमा बेहोस अवस्थामा फेला परेका थिए। हिजोमात्रै उनी आफ्नो भतिजाको घर जन्मदिन मनाउन गएका थिए।

भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेको र उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए।

अहिले उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img