देशगण्डकी प्रदेश'कुशल नेत्रित्व गुमाउनु पर्दा असहज परिस्थिति सिर्जना भएको छ'

‘कुशल नेत्रित्व गुमाउनु पर्दा असहज परिस्थिति सिर्जना भएको छ’

म्याग्दी :  नेपाली काँग्रेसले एक कुशल नेत्रित्व गुमाउनु पर्दा असहज परिस्थिति सिर्जना भएको जनाएको छ ।

बिहीबार प्रदेश कार्य समिति, क्षेत्र ‘ख’ म्याग्दीका सभापति टंक पुनले तुलसीराम सापकोटाको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै कुशल नेत्रित्व गुमाउनु पर्दाको पीडाले असहज परिस्थिति श्रीजना भएको बताएका हुन् ।

सभापति पुनले सापकोटा एकदमै मिलनसार र लगनशील नेता मात्र नभई एक कुशल नेत्रित्वकर्मी पनि भएको बताए ।

“नेपाली काँग्रेसले एकदमै जुझारु नेताको रूपमा पाएका थियौ, उहाँले  विभिन्न पार्टीमा २० औ वर्ष काम गरेर पनि आफ्नो जीवनमा सन्तुष्ट नभएर नेपाली काँग्रेस रोज्नु भएको थियो, हामीले एकदमै मिलनसार र लगनशील नेता गुमायौ” सभापति पुनले भने ।

श्रदान्जली सभामा सङ्घीय संसद नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा, पुर्ब सहसभापति नेत्र बहादुर महत, उपसभापति के.वि भण्डारी, प्रदेश कार्य समिति (क्षेत्र ‘ख’ म्याग्दी)का उपसभापति तेजेन्द्र थापा, गोपाल भट्टचन लगाएतका नेताहरूको सहभागीता रहेको थियो  ।

कातिक १ गते बुधवार म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका सापकोटाको भिरबाट लडेर मृत्यु भएको हो । समाजसेवी सापकोटा नेपाली कांग्रेस, मंगला गाउँपालिका वडा नम्बर ५ का कार्य समितिका इकाई सभापति थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img