देशकोशी प्रदेशधनकुटा नगरपालिकाद्वारा लैङ्गिक हिंसा विरुद्ध प्रभातफेरी कार्यक्रम

धनकुटा नगरपालिकाद्वारा लैङ्गिक हिंसा विरुद्ध प्रभातफेरी कार्यक्रम

सुनसरी / धनकुटा नगरपालिकाद्वारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज बिहान धनकुटामा प्रभातफेरी गरिएको छ I

स्थानीय सङ्घसंस्थाहरूसँग समन्वय गरेर धनकुटा नगरपालिकाले अन्तर पार्टी महिला सञ्जाल, महिला पुनस्थापना सेवा केन्द्र, हुसाडेक नेपाल, जिल्ला प्रहरी कार्यालय, पारालिगल समिति, हाम्रो बहुमुखी पाठशाला, ਕੇੲ नेपाल लगायत सङ्घसंस्थाहरूसँगको समन्वयमा टुंडिखेलबाट सुरु भएको प्रभातफेरीले बजार क्षेत्रको परिक्रमा गरेको थियोे ।

तल्लोकोप्चे, बिहीवारे हटिया, माथ्लोकोप्चे, भीमनारायण चोक, विचबजार, हुलाकटोल हुँदै मदनचोकमा पुगेर प्रभातफेरी कोणसभामा परिणत भएको थियोे । प्रभातफेरिमा धनकुटा नगरपालिकाका कर्मचारी, महिला अधिकारकर्मी, सुरक्षाकर्मी, स्थानीयवासी लगायत सहभागि थिए ।

उनीहरूले ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं, सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान, बलात्कार हत्या हिंसा अन्त्य गरौं, हिंसामुक्त सभ्य समाज निर्माण गरौं’ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित बजार परिक्रमा गरेका हुन् ।

प्रभातफेरी पश्चात आयोजित सभालाई सम्बोधन गर्दै धनकुटा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रमणि श्रेष्ठ, धनकुटा-७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, नगरपालिकाकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख फुलमाया तामाङ र वेष्ट नेपालका अध्यक्ष संगीता चापागाईंले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

शनिबारबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत धनकुटामा दीप प्रज्वलन, सडक नाटक, सचेतना कक्षा, अभिभुखिकरण कार्यक्रम लगायत गर्ने तयारी गरिएको छ ।

नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापी रूपमा सञ्चालन हुँदै आएको हो । सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो ।

उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img