अर्थ व्यापारपेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो

पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो

काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजल र ग्यासको मूल्यमा वृद्धि गरेको हो।

निगमका अनुसार, पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर १५ रुपैयाँले मूल्य बढेको छ। बुधबार बसेको निगमको सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य मंगलबारदेखि मध्यराति १२ बजेदेखि लागू हुनेछ।

इन्डियन आयल कर्पोरेशनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ। विश्वबजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको जनाईएको छ ।

यसअघि गत मंसिर १५ गते पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको थियो। त्यसयता लामो समयसम्म मूल्य संशोधन नभएकाले अब मूल्य बढाउनु परेको निगमले जनाएको छ।

यो मूल्य वृद्धिले गर्दा ग्राहकलाई थप आर्थिक भार पर्नेछ। तर, विश्वबजारमा मूल्य बढ्दा आयात खर्च बढ्ने भएकाले सरकारले मूल्य बढाउनुपरेको निगमको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img