हेटौँडा – मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न मानिसहरु वृन्दाबन पुग्ने गर्छन् । सहरको होहल्ला र कोलाहलबाट छुटकार पाउन पनि ‘वृन्दाबन’ मानिसलाई अस्थायी औषधी बनेको छ । पछिल्लो समय वृन्दाबन चर्चित अध्ययन तथा भ्रमणस्थल बन्दै गएको छ ।
हेटौँडाको बुद्धचोकबाट करिब ७ किलोमिटर दुरीमा रहेको साबिक पदमपोखरी गाविस र हाल हेटौँडा उपमहानगरपालिका वडा-१३ मा अवस्थित ‘वृन्दबवन’ एक वनस्पति उद्यान हो । २०१९ सालमा स्थापना भएको उद्यान ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब ३० हेक्टर क्षेत्रमा तारबार गरी उद्यानको नियमित काम सञ्चालन गरिएका छन् भने ६६ हेक्टर क्षेत्रमा (बाढीपीडित बस्ती) र सामुदायिक बन छ ।

‘वृन्दाबन’मा विभिन्न वनस्पतिहरुको वंशाणुस्रोत संकलन गरी संरक्षण गरिएको देख्न सकिन्छ भने तराई, शिवालिक तथा चुरे क्षेत्रमा पाइने विभिन्न जडीबुटीलगायत अन्य महत्वपूणर् वनस्पतिको स्वस्थानीय एवम् परस्थानीय तवरबाट वंशाणुस्रोत संरक्षण गरिएको छ । ‘वृन्दाबन’मा मानिसहरु योग, ध्यान गर्न पनि आउने गरेका छन् । वृन्दाबनमा करिब ५ सय प्रजातिका वनस्पतिलाई स्वस्थानीय र परस्थानीयरुपमा संरक्षण गरिएका छन् ।
याहाँ कुरिलो, सर्पगन्धा, हर्रो, बर्रो, बेल, अमला, श्रीखण्ड, तेजपात, रुद्राक्षलगायत मुख्य वनस्पतिहरु छन्, जसले ‘वृन्दाबन’लाई सुन्दर र आकर्षक बनाएको छ । ‘वृन्दाबन’मा दुर्लभ तथा लोपोन्मुख वनस्पति उन्यु, भोटेलहरा, थाकल, गुर्जो, सर्पगन्धा तथा अर्किडलगायत संरक्षण गरिएको छ ।
‘वृन्दाबन’मा भुलभुलैया, फोलिएज गार्डेन, गुलाफ वाटिका, बेगमबेली वाटिका, चौर जस्ता आकर्षक प्लट छन् । जसले पर्यटक लोभ्याउने गरेको छ । ‘वृन्दाबन’मा भेराइटी विकास कार्यक्रमअन्तर्गत् मेन्थाको अनुसन्धान कार्य भइरहेको छ भने भोटेलहरा, उन्युको पनि विभिन्न तवरले बिरुवा उमारेर त्यसस“ग सम्बन्धित अन्य अनुसन्धानका काम भइरहेको कार्यालयले जनाएको छ ।
वनस्पति अनुसन्धान केन्द्रले वनस्पति संरक्षण, अनुसन्धान र शिक्षाक्षेत्रमा महत्वपूणर् भूमिका निर्वाह गरिरहेको छ । १९९४ मा स्थापित केन्द्रले वनस्पति विविधता पहिचान, अध्ययन र संरक्षणमा ठूलो योगदान पुर्याएको छ । केन्द्रअन्तर्गत् वृन्दाबन, दामन र टिष्टुङका तीन वनस्पति उद्यानमा ६ सय ५० भन्दा बढी प्रजातिका वनस्पति संरक्षित छन् ।
केन्द्रले वनस्पति सर्वेक्षण, अनुसन्धान, बिरुवा उत्पादन, प्रजनन् प्रविधि अध्ययनलगायत कार्य गर्दै आएको छ । उद्यानहरुलाई शैक्षिक तथा मनोरञ्जन केन्द्रका रुपमा समेत विकास गरिएको छ । दुर्लभ र संकटापन्न वनस्पति संरक्षणमा केन्द्रको महत्वपूणर् भूमिका रहेको वनस्पतिविद्हरु बताउँछन् ।
औषधीय गुण भएका वनस्पतिको अनुसन्धान
वृन्दावनमा विभिन्न औषधीय गुण भएका वनस्पतिहरूको अनुसन्धानसमेत हुँदै आएको छ। विशेषगरी भोटेलहरा, मेन्था जस्ता संकटापन्न जडीबुटीको संरक्षण र अनुसन्धानमा वृन्दावनको महत्वपूर्ण भूमिका रहेको छ। भोटेलहरा नेपालकै संकटापन्न वनस्पतिहरूमध्ये एक हो। यसको औषधीय महत्वका कारण विदेशी बजारमा समेत माग रहेको छ। वनस्पति अनुसन्धान केन्द्रका अनुसार भोटेलहरा अहिले मकवानपुर, तनहुँ र संखुवासभामा मात्र देखिन्छ। वृन्दावनले यसको संरक्षण र संवर्द्धन गर्न ठूलो भूमिका खेलेको छ। पछिल्ला वर्षमा यसको प्राकृतिक अवस्थामा सुधार आएको देखिन्छ। वृन्दावनभित्र नै यसको प्रजनन प्रविधिको अध्ययन भइरहेको छ।
वृक्षरोपण गरेर प्रकृतिसँगको सामंजस्यता

वृन्दावनको एक विशेषता ‘सेरेमोनियल प्लट’ पनि हो। यहाँ मानिसहरूले आफ्नो जन्मदिन, विवाह वा अन्य खुसीका अवसरमा वृक्षरोपण गर्ने चलन बढ्दै गएको छ। हालसम्म १०२ वटा रुखहरू रोपिएका छन्। यसरी वृक्षरोपण गरेर प्रकृति र वातावरणसँगको सामंजस्यता बढाउन सकिन्छ भन्ने सन्देश पनि दिइएको छ। जन्मदिन र अन्य खुशीका दिनमा वृक्षरोपण गर्ने चलनले वातावरण संरक्षणतर्फ ध्यानाकर्षण गराउन ठूलो योगदान पु¥याउँदैछ।

बन नियमावली, २०७९ को अनुसूची-२ बमोजिम याहाँ प्रवेश टिकट शुल्क र अन्य विभिन्न प्रवेश शुल्क निर्धारण गरिएको छ । जसमा स्वदेशी नागरिक प्रतिव्यक्ति दश वर्षमुनिकालाई १५ रुपिया“ र १० वर्षमाथिकालाई २५ ररूपयाँ लिने गरिएको छ भने सेरेमोनियल वृक्षरोपण शुल्क प्रतिबिरुवा २ हजार लिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै, सार्क मुलुक र अन्य मुलुकका नागरिकलाई भने प्रतिव्यक्ति दश वर्षमुनिकालाई क्रमशः ५० रुपयाँ र १ सय रुपयाँ र १० वर्षमाथिकालाई क्रमशः १ सय र २ सय ५० रुपयाँ कार्यालयले लिने गरेको छ ।
तस्बिरमा घुमौ वृन्दावन: वृन्दावन घुमाउने तस्विरहरु




