बागमती प्रदेशमकवानपुरकाठमाडौँ–हेटौँडा छोटो मार्ग बन्द

काठमाडौँ–हेटौँडा छोटो मार्ग बन्द

हेटौँडा | ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा आइतबार बिहान पहिरो खसेपछि काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहान करिब ५ बजे खसेको पहिरोले सडक ढाकेपछि दुवैतर्फ सवारी आवागमन ठप्प बनेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा ठूलो परिमाणमा माटो र ढुंगा थुप्रिएकाले तत्काल सवारी सञ्चालन सम्भव नभएको जनाएको छ। अहिले सम्बन्धित निकायले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिरहेको छ, तर निरन्तर वर्षा भइरहेकाले काममा कठिनाइ भइरहेको प्रहरीले बताएको छ।

यसैबीच, निर्माणाधीन रहेको अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा पनि वर्षाका कारण यातायात प्रभावित भएको छ। सडक चिप्लो बनेपछि सवारी साधन सञ्चालनमा समस्या देखिएको हो।

ट्राफिक प्रहरीले वर्षायाममा जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन चालकलाई आग्रह गरेको छ। निर्माणाधीन सडक र चिप्लोपनका कारण दुर्घटनाको सम्भावना उच्च रहने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियमको कडाइका साथ पालना गर्न सुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img