देशकोशी प्रदेशसंखुवासभामा छोराको कुटपिटबाट बुवाको मृत्यु

संखुवासभामा छोराको कुटपिटबाट बुवाको मृत्यु

संखुवासभा | संखुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।

सोमबार साँझ सोही स्थान बस्ने ५० वर्षीय युवराज राई र उनकै छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा ‍वादविवाद हुँदा सुमन राईले शरीरको विभिन्न भागमा कुटपिट तथा ढुंगाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img