देशअब लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

अब लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

spot_img

२९ कात्तिक, काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ ।

दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो ।यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले केही दिन कार्यालय समयमा प्रणालीमा अनलाइन आवेदन भर्न नसकिने बताए ।

‘प्रणालीलाई बलियो बनाएर केही दिनपछि फेरि २४ घण्टा नै खोल्न मिल्ने बनाउँछौं,’ उनले भने, ‘अरु समयमा भर्दा कुनै समस्या पर्दैन ।’विभागको अनलाइन प्रणालीमा दिउँसो कार्यलयहरुले सेवा दिनुपर्ने भएकाले यस्तो अवस्था आएको हो । प्रणाली सुस्त हुँदा कार्यालयहरुको सेवा प्रभावित हुने भएकाले यस्तो उपाय लगाइएको भुसालले बताए ।

विभागका अनुसार अहिलेसम्म करिब ७ लाखले लाइसेन्सका लागि आवेदन फारम भरेर परीक्षा कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img