Monday, March 17, 2025
देशप्रहरीले खाेस्याे विप्लवकाे मशाल

प्रहरीले खाेस्याे विप्लवकाे मशाल

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले निकालेकाे मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खाेसेकाे छ । चर्काे मूल्य वृद्धिकाे विरुद्धमा आन्दाेलन गर्दैकाे उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घाेषणा गरेर आज मशाल जुलुस निकालेकाे थियाे । सिद्धिचरण नगरपालिका- १२ स्थित गणेशचाेक नजिकैबाट सुरु भएकाे जुलुस प्रहरीले गणाेशचाेकमै राेकेकाे थियाे ।

प्रहरीले राेकेपछि एक दर्जन संख्यामा रहेका आन्दाेलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेकाे मशालमा समेत प्रहरीले पानी हालेर निभएकाे थियाे । आन्दाेलनकारी भन्दा प्रहरीकाे संख्या बढी भएपछि चाेकमै काेणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए ।

मंगलबार नेपाल बन्द घाेषणा गरेपछि सुरक्षााकर्मी साेमबार साँझदेखि नै परिचालन गरिएकाे छ । तस्बीर: नेकपाका कार्यकर्ताले निकालेकाे मशाल जुलुस ।

thumbnail p3234

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img