देशगण्डकी प्रदेशजङ्गली च्याउ खाँदा मृत्यु

जङ्गली च्याउ खाँदा मृत्यु

तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ सेवन गरेपछि एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको चितवनको अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक दीपककुमार रायले दिएको जानकारी अनुसार, असार १ गते डिलबहादुर गुरुङले जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीसहित चार जना बिरामी परेका थिए। अन्य बिरामीहरूको अवस्था भने खतरामुक्त रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img