Sunday, July 20, 2025
समाजमहाकाली नदीमा नुहाउने क्रममा एक बालिकाको मृत्यु, अर्की बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा एक बालिकाको मृत्यु, अर्की बेपत्ता

spot_img

बैतडी | बैतडीको शिवनाथ गाउँपालिकामा महाकाली नदीमा नुहाउने क्रममा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, शिवनाथ गाउँपालिका-१, स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो। उनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी छन्।

- Advertisement -

प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार, शनिबार बिहान करिब १० बजे कुस्मतघाटस्थित महाकाली नदीमा यो घटना भएको हो। स्थानीय र प्रहरीको खोजी टोलीले रजनीको शव फेला पारेको छ भने अस्मिताको खोजी जारी छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img