समाजमहाकाली नदीमा नुहाउने क्रममा एक बालिकाको मृत्यु, अर्की बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा एक बालिकाको मृत्यु, अर्की बेपत्ता

spot_img

बैतडी | बैतडीको शिवनाथ गाउँपालिकामा महाकाली नदीमा नुहाउने क्रममा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, शिवनाथ गाउँपालिका-१, स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो। उनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी छन्।

प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार, शनिबार बिहान करिब १० बजे कुस्मतघाटस्थित महाकाली नदीमा यो घटना भएको हो। स्थानीय र प्रहरीको खोजी टोलीले रजनीको शव फेला पारेको छ भने अस्मिताको खोजी जारी छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img