Monday, April 21, 2025
समाजबाँके प्रहरीद्वारा एक करोड बढीको अवैध सामान बरामद
spot_img

बाँके प्रहरीद्वारा एक करोड बढीको अवैध सामान बरामद

बाँके | जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा एक करोड ३१ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक नारायण डाँगीका अनुसार यी सामानहरू भारतबाट भन्सार छली गरेर ल्याइएका थिए।

बरामद सामानमा लगभग दुई क्विन्टल बोइलर कुखुरा र १ हजार ८ सय चल्ला समेत रहेका छन्, जसको मूल्य रु २ लाख ५८ हजार रहेको छ।

यसैबीच, प्रहरीले १ हजार ७ सय १३ सवारी चालकलाई कारबाही गरी रु १४ लाख ६१ हजार राजस्व संकलन गरेको छ । १२१ मोटरसाइकल र स्कुटर लिलाम गरेको छ भने मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, चोरी भएका ९ मोटरसाइकल फेला पारेको र स्कुटर चोरीमा संलग्न २ जनालाई स्कुटरसहित नियन्त्रणमा लिएको प्रवक्ता एवं नायब उपरीक्षक डाँगीले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img