देशकोशी प्रदेशबुढीखोलामा आएको बाढीले एकै परिवारका पाचँ जनालाई बगायो, एककाे मृत्यु

बुढीखोलामा आएको बाढीले एकै परिवारका पाचँ जनालाई बगायो, एककाे मृत्यु

spot_img

इटहरी | सुनसरी र मोरङको सिमानामा बग्ने बुढी खोलामा मंगलबार आएको बाढीले मोरङ सुन्दरहरैंचा-५ फोक्सीका ५ जनालाई बगाउँदा एक जनाको मृत्यु भएको छ।

खोलामा माछा मार्न गएका बेला अचानक आएको बाढीले पाँच जनालाई बगाएको हो। बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा-५ फोक्सीकी २३ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पाँचजना मध्ये स्वस्तिका चौधरीलाई भने रुखको ठुटोमा अल्झिएको देखेपछि स्थानीयले उद्धार गरेका थिए।

बाढीले सुन्दरहरैंचा-५ की ३५ वर्षीया फूलकुमारी चौधरी, ६० वर्षीया अफसरा चौधरी र एक जना पुरुषलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। खोलामा बाढी आएपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले घटनाप्रति दुःख व्यक्त गर्दै उचित राहतको व्यवस्था गर्ने बताएका छन्।

घटनामा मृत्यु हुने र बेपत्ता हुनेहरू एकै परिवारका रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img