अर्थ व्यापारनेपाली ब्राण्डका जुत्ताचप्पलको एकीकृत सोरुम हेटौँडामा

नेपाली ब्राण्डका जुत्ताचप्पलको एकीकृत सोरुम हेटौँडामा

spot_img

हेटौँडा | हेटौँडामा नेपाली ब्राण्डका जुत्ता चप्पलको एकीकृत सोरुम सञ्चालनमा आएको छ। शुक्रबार बागमती प्रदेश सरकारका उद्योग मन्त्री केशव श्रेष्ठले “नेपाली जुत्ताघर हेटौँडा” को उद्घाटन गरे।

उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले नेपाली उत्पादनलाई प्रवर्धन गर्न प्रदेश सरकार तयार रहेको बताए। उनले युवा र महिलालाई उद्यमशीलताको तालिम र सहुलियत कर्जाको व्यवस्था गर्ने नीति ल्याएको जानकारी दिए। साथै, स्वदेशी उत्पादन प्रयोग गर्न सबैलाई आग्रह गरे।

नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले हेटौँडा १ राप्तिरोडमा सञ्चालित यस सोरुममा विभिन्न नेपाली ब्राण्डका जुत्ता चप्पल उपलब्ध हुने बताए। यसमा विएफ डियरहिल, रन, स्मार्ट, क्रसरोड, गोल्डस्टार, ब्लाक हर्स, फस्ट वाल्क र सांग्रीला जस्ता ब्राण्डहरू समावेश छन्।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई देशभर र विश्वभर फैलाउने उद्देश्यले विभिन्न शहरहरूमा यस्ता सोरुम सञ्चालन गरिएको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघ मकवानपुरका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img