देशबागमती प्रदेशबागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार: कांग्रेसका चार मन्त्री थपिए, एक बाहिरिए

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार: कांग्रेसका चार मन्त्री थपिए, एक बाहिरिए

हेटौँडा | बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामाले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। यस विस्तारसँगै प्रदेशको मन्त्रीमण्डल संख्या बढेर १४ पुगेको छ, जबकि प्रदेशमा १३ मन्त्रालय मात्र छन्।

नेपाली कांग्रेसबाट चार जना नयाँ मन्त्री थपिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। नयाँ मन्त्रीहरूमा हरिप्रभा खड्गी (सामाजिक विकास), सुरजचन्द्र लामिछाने (आन्तरिक मामिला तथा कानून), विमल ठकुरी (संस्कृति, पर्यटन तथा सहकारी) र मीनकृष्ण महर्जन (युवा तथा खेलकुद) रहेका छन्।

यसअघि बुधवार नियुक्त भएका तीन र बिहीबार नियुक्त भएका चार जना गरी कांग्रेसका सात मन्त्रीको जिम्मेवारी तोकिएको छ। बुधवार नियुक्त कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। मदुकुमार श्रेष्ठको जिम्मेवारी भने पछि तोकिने बताइएको छ।

तर, कांग्रेसभित्रको आन्तरिक विवादका कारण एक जना मन्त्री शपथ नलिँदै बाहिरिएका छन्। प्रदेशसभा सदस्य प्रभात तामाङ बिहीबार आर्थिक मामिला मन्त्री नियुक्त भएर शपथग्रहणको तयारीमा रहेका थिए। तर, उनलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिइएपछि कुन्दनराज काफ्ले रुष्ट बनेका थिए। काफ्लेले मुख्यमन्त्री लामालाई भेटेर असन्तुष्टि जनाएपछि बिहीबार कांग्रेसका नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको थियो र अन्ततः तामाङ मन्त्रिपरिषद्बाट बाहिरिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img