मोरङ | मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाँउपालिकाको रमिते डाडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
शनिबार मिक्लाजुङ गाउपालिका वडा नम्बर १ झण्डे डाडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रीत हुदा मोटरसाइकलमा सवार मोरङको बेलबार नगरपालिकाको धिमाल परिवार को ३ जना सदस्य दुर्घटनामा परेका हुन । बा २७ प १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा १३ वर्षीया बालीकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार बेलबारी नगरपालिका वडा नम्बर १ का ३७ वर्षिय सुनिल कुमार धिमाल, उनकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षिय छोरी सुस्मिना धिमाल घाईते भएको सुचना पाउनसाथ सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङबाट खटिएको प्रहरीको टोलीले घाईतेहरुलाई उपचारको लागी उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको थियो ।
प्रहरीकाअनुसार सुस्मिनाको दाहिने हातको कोखमा गम्भिर चोट लागेकोले उनको उपचारको क्रममा दिउसो निधन भएको हो । यता सुस्मिनाको बुबाआमा दुवैको अरनिको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरिले जनाएको छ । मोटरसाईकल अनियन्त्रीत भई बाटोभन्दा अन्दाजी ७० मिटर तल झरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।