देशकोशी प्रदेशसुन्दरहरैँचामा नाबालिका दिदी–बहिनीको शव फेला प्रकरणमा आमा पक्राउ

सुन्दरहरैँचामा नाबालिका दिदी–बहिनीको शव फेला प्रकरणमा आमा पक्राउ

मोरङ |  मोरङको सुन्दरहरैँचामा दिदी–बहिनीको शव फेला परेको घटनामा आमालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार सुन्दरहरैँचास्थित केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो । धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए ।

सो घटनामा मृतक नाबालिकाकी आमा २९ वर्षीया अस्मिता न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि तत्काल फरार भएकी उनलाई बुधबार (आज) बिहान ६ बजेतिर झापाको बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दिदी आयिकाले बहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । केराघारीभित्र दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नाबालिकाहरूको शव शनिबार नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि लगिएको छ ।

छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने भएकाले प्रहरीले खोजी तीव्र पारेको थियो । पक्राउ परेकी अस्मितामाथि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताइएको छ ।

पक्राउ परेकी अस्मितामाथि आजै जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img