देशकोशी प्रदेशझापाका बुढाथोकीको मलेसियामा दुर्घटनामा परि मृत्यु

झापाका बुढाथोकीको मलेसियामा दुर्घटनामा परि मृत्यु

झापा | झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ गाँजाबारी घर भएका करिब ४१ बर्षीय बुढाथोकीको गत अगष्ट ३१ तरिख (भदौ १५ गते) शनिबार दुर्घटनामा परि मृत्यु भएको हो ।

शनिबार बेलुका डिउटीबाट फर्कीने क्रममा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिएको थियो । राती करिब १०ः४५ मा भएको दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ । बुढाथोकी करिब २ बर्ष अघि मलेसिया गएका थिए ।

हाल उनको शव नेपाल ल्याउनका लागि पहल भईरहेको परिवारले बताएको छ । गोपाल परिवारको एक्लो छोरा थिए । उनको घरमा बुबा–आमा, श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img