हेटौँडा | हेटौँडाको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले शनिबार शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ आयोजना गर्दै छ। हेटौँडा–४, पारिजातपथस्थित एक्सपर्टको कार्यालयमा आयोजना गरिने मेलामा अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्युजिल्याण्डका ३० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुनेछन्।
शैक्षिक मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मेलामा सहभागी विद्यार्थीहरूले अध्ययन, छात्रवृत्ति, भर्ना प्रक्रिया, भिषा प्रक्रियालगायतका विषयमा प्रत्यक्ष जानकारी लिन सक्नेछन्। एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार, विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन पाउने भएकाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि यो मेला निकै फलदायी हुनेछ।
‘विद्यार्थीहरू अन्यौलमा हुनुहुन्छ भने यो मेला महत्वपूर्ण अवसर बन्न सक्छ। अभिभावक तथा विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी विस्तृत जानकारी लिन सक्नुहुनेछ,’ अधिकारीले बताए।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले २१ वर्षदेखि शैक्षिक परामर्श सेवामा क्रियाशील रहँदै आएको छ। संस्थाले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श सेवा दिँदै आएको छ। साथै, एक्सपर्ट चितवनमा आइइएलटिएस, पिटिई र स्याट परीक्षाका तयारी कक्षाहरू सञ्चालन गरिरहेको छ।



