समाजमकवानपुर र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी फेरिए

मकवानपुर र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी फेरिए

हेटौँडा | गृह मन्त्रालयले मकवानपुर र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरबदल गरेको छ। नवलपरासी पश्चिममा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुरको सीडीओमा खटाइएको छ भने रौतहटमा कार्यरत हिरालाल रेग्मीलाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

यसैबीच, खोटाङ र ओखलढुंगामा लामो समयदेखि सीडीओ पद रिक्त रहेको भए पनि गृह मन्त्रालयले अहिलेसम्म नयाँ प्रमुख जिल्ला अधिकारी खटाउन सकेको छैन। यी जिल्लामा प्रशासनिक नेतृत्वको अभावका कारण विभिन्न सरकारी कामकाज प्रभावित भइरहेको स्थानीय प्रशासन स्रोतहरूले जनाएका छन्।

सरकारले देशभरका प्रशासनिक संरचनालाई प्रभावकारी बनाउन सरुवाको प्रक्रिया जारी राखेको बताएको छ। गृह मन्त्रालयका अनुसार, आवश्यकताअनुसार अन्य जिल्लामा पनि छिट्टै प्रशासनिक नेतृत्वका लागि निर्णय गरिनेछ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img